लेख

खुला महिला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बाजुरा । ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमी प्रालिले मार्तडीमा आयोजना गरेको महिला खुला भलिवल प्रतियोगितामा मालिका मावि प्रथम भएको छ ।

“सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता“ भन्ने मुल नाराका साथ ११२औं अन्तरास्ट्रिय नारी दिवसको अवसरमा खुल्ला महिला भलिबल प्रतियोगितामा आयोजक क्रियटर जोन एकेडेमीसंग उत्कृष्ट खेल प्रर्दशन गर्दै मालिका मावि प्रथम भएको हो ।

बिज्ञापन

प्रतियोगितामा विजेता बनेको मालिका माविलाई नगद पाँचहजार र उपविजेता बनेको आयोजक क्रियटर जोन एकेडेमीलाई ३ हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
४ गते परेको नारी दिवसको अवसरमा क्रियटर जोन एकेडेमीले पहिलोपटक सदरमुकाम मार्तडीमा महिला खुला भलिवल प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा १९ वटा टिम सहभागि भएका भएपनि फाइनलमा भने आयोजक क्रियटर जोन र मालिका माविविच प्रतिष्पर्दा भएको थियो।
प्रतियोगितामा विजेता बनेको मालिका मावि र उपविजेता बनेको आयोजक क्रियटर जोन एकेडेमी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि बडीमालिका नगर उप–प्रमुख कविता कुमारी बुढा (बिष्ट) विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राकेश थापाले प्रमाण पत्र सहित सम्मान गरेका थिए । प्रतियोगिता क्रियटर जोन एकेडेमीको खेलमैदानमा संचालन गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।