पेट पाल्नका लागि ट्याक्सी चलाउँछन् पूर्व अर्थमन्त्री

एजेन्सी । भनिन्छ जीवन संघर्ष हो । बाँच्नका लागि अनेक किसिमका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । यस्तै संघर्षहरुको अगाँलो हुन् खालिद पाएन्दा ।
खालिद अफगानिस्तानका पूर्वअर्थमन्त्री हुन् । मुलुकको अर्बौं बजेटको व्यवस्थापन गर्ने खालिद अहिले पेट भर्नका लागि ट्याक्सी ड्राइभर बनेका छन् । अफगाानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि खालिदको जीवनमा एकाएक नयाँ मोड आयो । उनी राष्ट्रपति असरफ गनी जस्तै देश छाडेर हिँडे । उनको अवस्था गनीको जस्तो छैन । उनी अमेरिकाको वासिङटन डीसीमा ट्याक्सी चलाएर आफ्नो गुजारा गरिरहेका छन् ।

वासिङटन पोष्टसँगको कुराकानीमा खालिद भन्छन् ‘अघिल्लो दुुई दिनमा मैले ५० ट्रिप्स पुरा गर्नु छ । यसको बदलामा मलाई ९५ डलर बोनस प्राप्त हुन्छ । घरमा पत्नी र चार छोराछोरी छन् । केही बचत थियो । त्यसबाट पनि काम चलिरहेको छ । मेरो देश अफगानिस्तानमा अवस्था अत्यन्त खराब छ । महामारी पनि थियो नै, अब सुख्खा पर्न थालेको छ । विश्वले सबै प्रतिबन्ध लगाई दिएको छ । अर्थतन्त्र ध्वस्त भइसकेको छ र तालिबाननले महिलाको जिन्दगी खराब बनाइ दिएका छन् । जो बाइडेनले अफगानिस्तानमा तालिबानको कब्जाको टुक्रा त्यहाँको सरकारमै फोडिदिएका छन् । अमेरिकी राष्ट्रपतिले भनेका थिए,‘हामीले अफगानिस्तान सरकारलाई प्रत्येक चिज उपलव्ध गराएका थियौ । उनीहरुले आफ्नो भविष्य राम्रो बनाउनु भनेर प्रत्येक मौका दियौँ ।’
खालिद भन्छन्,‘मेरो जिन्दगीको एक हिस्सा अफगानिस्तानमा बित्यो । अब म अमेरिकामा छु । साँचो भनौं भने अब म कतैको भइन । आफ्नो देश फर्कन सक्दिन र यहाँको पनि कुनै निश्चितता छैन । आज मलाई ४ डलर टिप्स प्राप्त भयो ।’ खालिदका अनुसार उनले तालिबानको कब्जाको केही दिन पहिले अफगानिस्तानको अर्थ मन्त्रीको पदबाट राजीनामा दिएका थिए । लेबनानको एक कम्पनीको भुक्तानी भएको थिएन र यसैका कारण राष्ट्रपति गनी उनीसँग रिसाएको उनले बताए । उनले आपूmलाई धेरै झुट सुनाएको पनि बताए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
उनले परिवार अगस्टको पहिलो सातामै अफगानिस्तानबाट अमेरिका पुगेका थिए । उनी पनि १५ अगस्ट पहिले वासिङटन पुगेका थिए । खालिन्दा भन्छन्,‘विश्वले हामीलाई २० वर्ष दियो । सबै प्रकारको सहयोग ग¥यो । दुर्भाग्यवश हामी असफल भयौँ । भ्रष्टाचारका कारण हाम्रो व्यवस्था ताशको पत्ता जस्तै बिग्रियो । सत्यता यो हो कि हामीले आफ्नो जनतालाई धोका दियौँ । मन्त्रीहरुलाई तालिबानले देश कब्जा गर्छन् भन्ने थाहा थियो । उनी ह्वाट्सएपमा देश छोड्ने सन्देश आदान–प्रदान गरिरहेका थिए ।’