मनोरञ्न

मुम्बईमा भव्य नेपाली सांस्कृतिक कार्यक्रम हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मुम्बई । युरेशिया रेयुकाई मुम्बई र कालिमपोन सेवा फाउण्डेशन मुम्बईको संयुक्त आयोजनामा मुम्बईमा वृहत कार्यक्रमको आयोजना हुन गइरहेको छ । प्रवासको क्षेत्रमा निकै लामो समयदेखि बिभिन्न सामाजिक क्षेत्रमा आवद्ध रेयुकाईका अध्यक्ष सागर भण्डारीले भने, ‘दुई वर्ष कोरोना कालको दौरान पिडित र निराश भएका प्रवासी नेपालीहरुलाई आफ्नो जन्मभूमिको लोक–संस्कृतिको स्मरण गराउनुको साथै आफ्नो लोक–संस्कृतिलाई जहाँ बसेपनि त्यसको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको मालिक समाचार बताए ।’ स्मरण रहोसकि प्रवासको क्षेत्रमा युरेशिया रेयुकाई मुम्बई र कालिमपोन सेवा फाउण्डेशनले समय–समयमा दुःखी–पिडीतहरुको सेवा गर्दै आएको छ ।

युरेशिया रेयुकाई मुम्बईका अध्यक्ष सागर भण्डारी प्रमुख आयोजक, संयोजक जगदिश बाब्ली तथा बिशिष्ट अतिथिमा युरेशिया रेयुकाई भारतका अध्यक्ष तथा कालिमपोन सेवा फाउण्डेशन सिलगुडीका अध्यक्ष सुमन बस्नेत, दिलिप आचर्य, विष्णु शर्मा, पदम के. पाण्डे रहेको उक्त कार्यक्रम १७ अप्रेल २०२२ आइतबारका दिन अधेरी स्थित गन्धौली स्कूलमा आयोना गरिने भएको छ । यस कार्यक्रममा नेपालकी चर्चित लोक तथा देउडा गायिका रेखा जोशी, नेपालका दोहोरी च्याम्पियन प्रकाश पराजुली रहेका छन् भने मुम्बईका स्थानीय कलाकारहरु चन्दु ताम्राकार, पुष्कर डिसी, प्रकाश विसी, बिनु शर्मा, सुरेश बिसी, हाँस्यकलाकार राज कुमार आदि रहेका छन् ।

बिज्ञापन

उक्त कार्यक्रममा सम्पूर्ण प्रवासी नेपालीहरुलाई सहभागी भई आफ्नो लोक–संस्कृतिको झलक पाएर आनन्द उठाउन आयोकको तर्फबाट हार्दिक अपिल समेत गरिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।