वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुरयाउने माधव नेपालको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पु¥याउने दाबी गरेका छन् ।
मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका–२ स्थित लुम्बिनी सिद्धार्थ रिसोर्टमा कार्यकर्तालाई सम्बोधन गर्दै नेपालले सो कुरा गरेका हुन् । उनले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताए ।

उनले भने – ‘यो क्षेत्रमा हामी बलिया छौं । त्यसैले यहाँ हाम्रो दाबी रहने छ ।’ एमालेप्रति इङ्गित गर्दै उनले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता भएकालाई भत्ता लागू गर्ने आफ्नो दल रहेको बताउँदै अरू नक्कली रहेको बताए ।
यस्तै कार्यक्रममा एकीकृत समाजवादीमा सचिव भागवत विश्वासीले प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीले संविधान मिचेर जनमतको अपमान गरेको आरोप लगाए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
