राजनीति

प्रतिगमन तत्कालका लागि पराजित भएपनि खतरा पूर्णतः अन्त्य भएको छैन : प्रचण्ड

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले साझा संघर्षबाट तत्कालका लागि मात्र प्रतिगमन पराजित भएको बताए ।

उनले लेखेका छन्, ’शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार ग¥यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन ।’

बिज्ञापन

उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीको रक्षासहित समाजवादको आधार तयार पार्नु कम्युनिस्टको ऐतिहासिक जिम्मेवारी हुन आएको बताए ।

प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा वाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पनि अपील गरे। ’प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम(लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ छ,’ उनले भनेका छन् ।
यही मान्यताका आधारमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको उनको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।