घटना समाचार

नदीमा डुबेर कैलालीमा एक किशोरको मृत्यु

बिज्ञापन

गौरीगंगा । कैलालीमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ । आइतबार जिल्लाको गौरीगंगा नगरपालिका– १ लठैयाका १३ वर्षीय गोपाल रानामगरको मृत्यु भएको प्रहरीले बताएको छ ।

बिज्ञापन

गौरीगंगा नदीमा नुहाउन जान्छुँ भनी हिँडेका उनी अबेरसम्म घर नफर्केपछि प्रहरीलाई खबर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय चौमाला र मालाखेतीबाट खटिएको टोलीले खोजतलास गर्दा उनी एउटा तालमा डुबेर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिज्ञापन