राजनीति

खनियाबासमा कांग्रेस र गंगाजमुनामा एमालेले खोले विजयको खाता

बिज्ञापन

धादिङ । धादिङको दुई वटा स्थानीय तहको दुई वडाहरुमा एकल उम्मेदवारी परेको छ । दलित महिला सदस्य पदमा नेपाली कांग्रेस र महिला सदस्य पदमा नेकपा एमालेका एक एक जनाको एकल उम्मेदवारी परेको हो ।

बिज्ञापन

खनियाबास गाउँपालिका वडा नं ४ कांग्रेस उम्मेदवार विमला नेपाली सर्वसम्मत बनेकी छन् । उनको प्रतिष्पर्धामा कसैको पनि उम्मेदवारी परेको छैन ।
गंगाजमुना गाउँपालिका वडा नं ४ मा नेकपा एमालेबाट दलित महिला सदस्य पदमा रत्नमाया घलेको मात्र उम्मेदवारी परेको छ । उनी पनि निर्विरोध बनेकी हुन् । धादिङ जिल्लाबाट विजयको खाता खोल्ने कांग्रेस र एमालेका यी दुई उम्मेदवार नै पहिलो हुन् ।

बिज्ञापन