घटना समाचार

टीकापुर क्षेत्रमा सवारी चेक–जाँचमा कडाई,
लाइसेन्स नभएको मोटरसाइकल फिर्ता पठाइयो

बिज्ञापन

टीकापुर, १७ बैशाख । अहिले टीकापुर नगरपालिका क्षेत्रभित्र सवारी चेक–जाँचमा निकै कडाई गरिएको छ । भर्खरै टीकापुर नगरपालिका वडा नं.–२, खक्रोला भन्सार प्रहरी चेकपोस्टबाट भारत, तिकुनियाँ खिरी बस्ने जय प्रसाद निसादलाई सवारी चालक अनुमति पत्र चेक–जाँच गर्दा नभेटिएकोले उनलाई भारत फिर्ता पठाइएको चेक–जाँचमा रहेका प्रहरीले बताएका छन् ।

बिज्ञापन

चेक–जाँचमा रहेका प्रहरी हवल्दार राम सिंह धामी लगाएत तीन जनाको टोलिले भारतीय नम्बर प्लेट यूपी ३१ जे ८११९ को मोटरसाइकलमा आलू र प्याज बोकेको अवस्थामा लाइसेन्स नभेटेपछि डिउटीमा खटेका प्रहरी र मालिका समाचारका पत्रकार प्रेम भट्टराईको सयुक्त पहलमा फिर्ता पठाएको हो ।

प्रहरीले सवारी चेक–जाँच र अबेरसम्म होटल खोलेर बस्नेहरु र अबेर रातिसम्म पनि आवत–जावत गर्नेहरुमाथि कडा निगरानी राखिएकोले अहिले टीकापुरको शान्ति–सुरक्षामा केहि कमि आएको कुरा स्थानीय जनताहरुले बताएका छन् ।

बिज्ञापन