राजनीति

नेकपा एमालेको घरदैलो सहित कोणसभा ठुलासेनमा सम्पन्न

बिज्ञापन

अछाम । नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ को घरदैलो कार्यक्रम तथा कोणसभा ठुलासेनमा सम्पन्न भएको छ ।

बिज्ञापन

वडाका भनथान, डाडाँगाउँ, छडाखेत, गोठिना, पुरानापानी, ठुलासेन लगायतका टोलमा घरदैलो तथा महिलाहरुको अगुवाइमा मतदान गर्ने तरिका सिकाउँदै ठुलासेनमा भएको कोणसभामा उम्मेदवारले आफ्ना प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद भण्डारीले एमाले जनताको मन जितेर अघि बढेको पार्टी भएको बताउनुभयो ।

वडामा नेकपा एमालेको नेतृत्व विजयी भएमा वडामा सडकको स्तरोन्नति तथा कालोपत्रे गर्ने, बाँकी रहेका टोलमा सडक विस्तार गर्ने, खानेपानी, सिँचाई लगायतका कार्य गर्ने बताउनु भयो ।

अहिले गठबन्धनका नाममा महिला, दलित लगायतको अधिकार खोस्ने काम भएको भन्दै यसमा आम जनता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

वडा सदस्य पदका उम्मेदवार समेत रहनु भएका नेता भण्डारीले कसैको लोभ, लालच, पैसाको प्रलोभनमा नपरी निर्धक्कका साथ एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले वडा नम्बर ६ का अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्षका उम्मेदवार देवेन्द्र प्रसाद भण्डारीले आफुले वडा सदस्य हुँदा ५ बर्षसम्म निश्वार्थ रुपमा जनताको सेवा गरेको भन्दै अब अध्यक्ष भएर विकासका कार्यलाई थप अघि बढाउन जिम्मेवारी दिन आग्रह गर्नुभयो ।

आफू कुनै राजनीति, छलछाम तथा ठेक्का लिन अध्यक्ष हुन लागेको नभई जनताको सेवा गर्न र जनताका सुखदुःखमा साथ दिन अध्यक्ष हुन लागेको स्पष्ट पार्नुभयो ।

आफुले गरेको कामका आधारमा जनताले आफुलाई विश्वास गर्ने भन्दै मंगलसेन नगरपालिकामा पनि पदम बोहराको नेतृत्वले विकास, सुशासन र समृद्धिका लागि काम गरेको उल्लेख गर्नुभयो ।

त्यसैले एमालेका सातै जना उम्मेदवारलाई विजयी गराउन र बाँकी रहेका विकासका योजनालाई अघि बढाउन समेत अध्यक्षका उम्मेदवार भण्डारीले आग्रह गर्नुभयो । आफू जनताको सेवा गरेरै मन र मत जित्ने भण्डारीको भनाइ छ ।

सोही अवसरमा नेपाली कांग्रेस परित्याग गरि जनक राज गिरी नेकपा एमालेमा प्रवेश भएका छन् । लामो समय कांग्रेसमा सक्रिय गिरीलाई नेकपा एमालेका जिल्ला कमिटी सदस्य दुर्गाप्रसाद भण्डारीले टीका लगाई पार्टी प्रवेश गराउनुभयो ।

महिला नेतृहरु मीना खड्का, नन्दकला भण्डारी, रमा भण्डारी लगायतको अगुवाइमा गएको महिलाको टोलीले मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी गराएका छन् ।

ठुलासेनमा भएको कोण सभामा एमाले जिल्ला कमिटी पूर्व सदस्य प्रभुनाथ भण्डारी, एमाले अछाम काठमाण्डौँ सम्पर्क कमिटीका सचिव रमेश भण्डारी, पूर्व क्षेत्रीय सदस्य सदस्य टंकप्रसाद भण्डारी, नगर सदस्य चक्र प्रसाद भण्डारी, बेदप्रसाद भण्डारी, हस्तना भण्डारी, नगर सदस्य भावना विक, बृख विक, नेपाल राष्ट्रिय शिक्षक संगठनका कुलानन्द भण्डारी, मोतिराम भण्डारी, राजेश्वर भण्डारी, महादेव भण्डारी, लोकराज भण्डारी, खकेन्द्र भण्डारी, अनेरास्ववियुका जिल्ला सदस्य बालकृष्ण भण्डारी लगायतको सहभागीता रहेको थियो ।

बिज्ञापन