कञ्चनपुरमा सामूहिक बलात्कार भएको एक सातापछि चार जना पक्राउ
लोक कल्याणकारी विज्ञापन

कैलाली । कञ्चनपुरमा किशोरी माथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ समेत गरेको जनाएको छ ।
कञ्चनपुर पुनर्वास- ९ की २० वर्षिया किशोरीमाथि असार २३ गते राति सामूहिक बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम चौधरीले जानकारी दिए ।
बिज्ञापन

उनले घटनाका संलग्न रहेको आरोपमा चार जना पक्राउ गरिएको समेत बताए । पक्राउ परेकाहरूको परिचय भने प्रहरीले खुलाएको छैन।
पीडित युवतीले प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
