घटना

५६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरे १५ र १७ वर्षका युवाले

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बारा । बारामा ५६ वर्षकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई किशोर पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा बाराको आदर्श कोतवाल गाँउपालिका वडा नम्बर १ चिउटाहाका १५ र १७ वर्षका दुइ किशोर रहेका छन्। प्रहरीका अनुसार यही असार २५ गते राति आफ्नै गोठघरमा एक्लै सुतिरहेकी ५६ वर्षीया महिलालाई ती दुवै किशोरले रातिको ११ बजे सामुहिक रुपमा पालैपालो बलात्कार गरेका हुन्। 

बिज्ञापन

घटना बारे पीडित महिलाले प्रहरीलाई जानकारी गराएपछि असार २६ गते प्रहरीले दुवै किशोरलाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए। पक्राउ गरिएका दुवै किशोरलाई जिल्ला प्रहरी कार्यालयको निगरानी कक्षमा राखिएको उनले बताए। 

दुवै किशोर विरुद्ध जबरजस्ती करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।