राजनीति

भारतमा बस्‍ने नेपालीलाई मताधिकारको व्यवस्था गराउन प्रचण्डसमक्ष माग

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोटा कानुनको विषयमा भारत सरकारसँग छलफल गर्ने बताएका छन्। भारत भ्रमणको क्रममा उनले नेपाली क्रान्तिमा प्रवासी नेपालीको भूमिका उच्च रहेकोे बताउँदै पोटा कानुन लगायतका विषयमा भारत सरकारसँग कुरा गर्ने बताएकाे प्रचण्डका स्वकीय रमेश मल्लले बताए। 

उनका अनुसार नेपाली दूतावासमा राजदूत शंकर शर्मासँगको भेटवार्तापछि प्रतिनिधिले अखिल भारत नेपाली एकता मञ्चलाई लगाएको पोटा कानुन खारेज गर्नुपर्ने विदेशमा बस्ने नेपालीलाई मताधिकारको व्यवस्था हुनुपर्ने र प्रवासी नेपालीलाई नेपाल सरकारले विभेदपूर्ण व्यवहार गर्न नहुने लगायतका विषय राखेका थिए।

बिज्ञापन

भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी नेतृत्वको सरकारले भारतमा पोटा कानुन ल्याएको थियो। वाजपेयीकै कार्यकालमा भारतीय संसद् भवनमा आतंकवादी हमला भएपछि घटनालाई मध्यनजर गर्दै सरकारले आतंकवादविरोधी कडा खालको पोटा कानुन बनाएको थियो। 

विरोधीलाई निशाना बनाउन ल्याइएको भन्दै त्यसको विरोध भएपछि कांग्रेस नेतृत्व सरकारले साे कानुन हटाएको थियो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।