घटना समाचार

बाजुरामा बाढीले चार घर बगायो, २३ जनाको उद्धार

बिज्ञापन

बाजुरा । बाजुरामा मंगरबार राति परेको अविरल वर्षाका कारण बाढी आएपछि चारवटा घर बगाएको छ। जिल्लाको बुढीगंगा नदीमा आएको बाढीले घर बगाएको हो। 
 
बडिमालिका नगरपालिका २ भौनेरामा घर बगाउँदा चार परिवार नै विस्थापित भएका छन्।  स्थानीय चन्द्रराज पण्डित र लक्ष्मी पण्डित को घर पूर्ण रूपमा बगाएको छ भने अम्मराज पण्डित र तर्कराज पण्डितको आधा बगाएको  प्रहरीले जनाएको छ। यस्तै नेपाल प्रहरी, नेपाली सेना सशस्त्र प्रहरीको टोली घटनास्थलमा उद्धार र विस्थापित  परिवारलाई सुरक्षित ठाउँमा सार्न खटिएको छ।

बिज्ञापन

चार परिवारका २३ जना परिवारको उद्धार गरिएको प्रहरीले जनाएको छ।

बिज्ञापन