दैवीप्रकोपराष्ट्रिय समाचार

अछाममा पहिरोका कारण मृत्यु हुनेको संख्या २२ पुग्यो ११ घाइते मध्य ३लाई हेलिकप्टर मार्फत सुर्खेत पुर्याइयो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

मालिका सम्बादाता अछाम
अछाम जिल्लामा शुक्रबार राती गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ भने ११ जना घाइतेको उद्दार गरि तिनजना गम्भीर रहेकोले नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भैरहेको छ।

कमलबजार नगरपालिका, तुर्माखाद र ढकारी गाउँपालिकामा पुरिएर मृत्यु भएका २२ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ का दुई वर्षीय नवीन बुढा, तुर्माखाँद गाउँपालिका-५ का १७ वर्षीय जानकी शाही, १७ वर्षीया विमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीया मनिषा शाही, १७ वर्षीया कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीया मेनिका शाही, तीन वर्षीया कल्पना शाही र २१ वर्षीया भावना शाही रहेको सनाखत खुलेको छ।

त्यसैगरी कमलबजार नगरपालिका-६ का ३० वर्षीया अमृता कामी, १७ वर्षीया समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीय सिरु कामी छन कमलबजार-८ डुङाल्ला का २६ वर्षीय गम्भीर दमाई, २३ वर्षीया भाना दमाई, छ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरीकार्यलय बाट घटना स्थलपुगेको टोलिले जनाएको छ

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।