बालबालिका चोरीको खतरा बढेको समाचार भाइरल भैरहेको बेला काठमाडौमा भेटिए दुई नक्कली बाबा

काठमाडौ २ असोज नेपालको विभिन्न जिल्ला हरुमा पछिल्लो समयमा बालबालिका चोरी भैरहेका समाचार हरु फैलिरहेको बेला काठमाडौ जिल्लाको भक्तपुर बालकोटमा २ जना नक्कली बाबा भेटीएका छन ।
आइतबार मध्यान्ह १२ बजेको समयमा घरघरमा पुग्दै संख फुक्दै मागिरहेको अवस्थामा स्थानीयले मालिका समाचार लाई खबर गरेपछि हामी त्यसतर्फ लाग्यौं र सडक छेउमा रहेको पसलमा मागिरहेको अवस्थामा ऊनीहरु भेटिएपछि मालिका समाचारको फेसबुक पेज बाट लाइभ गरि उनले बोकेको भारतिय आधारकार्ड हेर्दा मात्र करन लेखिएको भेटेपछि भारत घर भएका हाल बालकोटमा व्यावसाय गरिरहेका अतुल लाई देखाउदा नक्कली हुनसक्ने बताएका छ्न।


उनले बोकेको भारतीय पहिचान पत्र आधार कार्ड नम्बर ७९७१०६४८९५४८ रहेको छ भने उनले बोकेको आधार कार्डमा कुनै ठेगाना तथा बुवा आमाको नाम नभएको र मात्रै करन लेखिएकोले सो नक्कली हुनसक्ने स्थानीय जीवन श्रेष्ठले बताएका छ्न।
राज्यले अबैध रुपमा विभिन्न भेष गरेर घर घरपुगेर माग्ने हरुलाइ नियन्त्रण संगै उनीहरुको पहिचान गर्नुपर्ने स्थानीयको भनाइ छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

You must be logged in to post a comment.