राजनीति

गठबन्धनको निर्णायक बैठक बस्दै, आजै सहमतिमा हस्ताक्षर गर्ने तयारी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सिट बाँडफाँडमा निरन्तर छलफलमा रहेको सत्ता गठबन्धनका दलहरूबीच आज निर्णायक बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्नेछ ।

आजको बैठकबाट अन्तिम टुङ्गो लगाउने तयारी दलहरूको छ ।हिजो अन्तिम समय सम्म सहमति नभएपछि आज सहमति गर्ने गरि हिजोको बैठक सकिएको थियो । आज हस्ताक्षर नै गर्ने गरि हिजोको बैठक सकिएको एक नेताले बताए ।

बिज्ञापन

गठबन्धनमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पनि आजै सहमति गरि हस्ताक्षर हुन सक्ने बताइन् ।
‘आज सहमति हुन सक्छ । आज हस्ताक्षर गर्ने गरि सहमति गर्ने कुरा भएको छ’ उनले नेपाल प्रेसलाई भनिन्, ‘अब सहमतिको अन्तिम चरणमा छौँ ।’

केही स्थानमा अझै पनि दुई पक्षीय र त्रिपक्षीय दाबी रहेको छ । त्यस्ता क्षेत्रमा जुन जुन पार्टीको दाबी छ त्यो दलको शीर्ष नेताले टुङ्गाउने कुरा भएको गठबन्धनका नेताहरू बताउँछन् ।

सिट बाँडफाँडमा अहिले नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी केही रुष्ट छन् । हिजो अबेर सम्म कांग्रेस र जसपा छलफलमा बसिरहेका थिए । अहिले सम्म नेपाली कांग्रेसले ८५ माओवादी केन्द्रले ४४ नेकपा एकीकृत समाजवादीको १५, ,जसपाको १३ र जनमोर्चाले २ क्षेत्र पाउनेमा छलफल भइरहेको छ ।

‘यो क्षेत्र केही हेरफेर हुन सक्छ तर, यहि सेरोफेरोमा सहमति हुन्छ’ गठबन्धनका एक नेताले भने, ‘समय थोरै छ । आजै सहमति गर्ने बिषयमा छलफल भइरहेको छ ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।