समानुपातिकमा एमालेले कटायो दुई लाख‚ कसको कति ?

प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ। बुधबार बिहानसम्म एमालेले दुई लाख १८ हजार ७४८ मत प्राप्त गरेको छ।
यस्तै‚ नेपाली कांग्रेस एक लाख ९६ हजार ३८१ मत ल्याउँदै दोस्रो स्थानमा छ। राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख एक हजार मत ३०३ प्राप्त गरी तेस्रो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ।

एकल चिह्न रहेको नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले ९१ हजार १७९ मत प्राप्त गरी चौथो स्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार ७४१ प्राप्त गरी पाँचौं स्थानमा छ।
कसको मत कति?
नेकपा (एमाले)- २‚१८‚७४८
नेपाली कांग्रेस- १‚९६‚३८१
राष्ट्रिय स्वतन्त्र पार्टी- १‚०१‚३०३
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी- ९१‚१७९
राष्ट्रिय प्रजातन्त्र पार्टी- ५१‚७४१
जनता समाजवादी पार्टी- १६‚६०५
जनमत पार्टी- १५‚९०३
नेपाल मजदूर किसान पार्टी- १३‚६१३
नेकपा (एकीकृत समाजवादी)- ११‚९२८
नागरिक उन्मुक्ति पार्टी- १०‚१९२
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
