माओवादीले सिन्धुलीबाट खोल्यो खाता, दाहाल निर्वाचित

सिन्धुली — नेकपा (माओवादी केन्द्र)ले सिन्धुलीबाट प्रतिनिधसभा सदस्यमा जितको सुरुवात गरेको छ । माओवादी उम्मेदवार लेखनाथ दाहाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजसंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ३ सय ५५ मत प्राप्त गरेको छ ।

सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहाल तेस्रो भएका छन् । उनले १ हजार ५ सय ५३ मत प्राप्त गरेका थिए । राप्रपाका भिष्मराज श्रेष्ठ भने चौथो भए । उनले १ हजार ३ सय ४० मत प्राप्त गरेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
