राष्ट्रिय निर्वाचन

गणना नसकिँदै कमल थापाद्वारा हार स्वीकार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेको चुनाव चिह्न लिएर उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले हार स्वीकार गरेका छन् ।

अझैपनि १२ हजार मत गणना हुन बाँकी रहेको अवस्थामा थापाले सामाजिक सञ्जाल फेसबुक मार्फत हार स्वीकार गरेका हुन् ।

बिज्ञापन

९१ हजार ५ सय ८३ मत खसेकोमा थापा गठवन्धनकी उम्मेदवार भन्दा करिब ११ सय मतान्तरले मात्र पछि परेको अवस्थामा थापाको हार स्वीकार भएको स्टाटस लेखेका छन् । उनले सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद दिएका छन् ।

उनले लेखेका छन्,’पराजयलाई सहर्ष स्विकार गर्दछु। हामीलाई मतदिनु हुने सबैमा आभार। ‘सूर्य’चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा(एमाले)लाई धन्यवाद। चुनावमा रातदिन नभनी ईमान्दारपुर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु,राप्रपा नेपालका साथीहरु प्रति आभारी छु। देश र जनताको हितमा निरन्तर सक्रिय रहने छु ।’

हेटौँडा बजार क्षेत्रमा राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले आक्रमक रुपमा अग्रता बढाएपछि थापाले हार स्वीकार गर्दै स्टाटस लेखेका हुन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।