राष्ट्रिय निर्वाचन

कञ्चनपुरको प्रदेशसभामा मित्रवत् प्रतिस्पर्धा गरेर प्रदेशका अर्थमन्त्री विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । कञ्चनपुर ३(१)मा माओवादी केन्द्रसँग मित्रवत् प्रतिस्पर्धा गरेर नेकपा एकीकृत समाजवादीका प्रकाश रावल प्रदेश सभामा विजयी भएका छन् । यहाँ सत्ता गठबन्धनबाट माओवादी केन्द्रका टेकप्रसाद भट्ट र नेकपा एकीकृत सामावादीबाट प्रकाश रावलले दुवैले आ—आफ्नो पार्टीबाट टिकट पाएका थिए ।

उनीहरू दुवैको मित्रवत् प्रतिस्पर्धामा रावलले बाजी मारेका हुन् । रावल सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री पनि हुन् ।

बिज्ञापन

७१३२ मत ल्याएर रावल विजयी हुँदा राप्रपाका धर्मराज जोशीले ५४०१ मत ल्याएका थिए । माओवादीका भट्ट तेस्रो स्थानमा पुगे । उनको मत ४६८६ रहेको छ । अघिल्लो पटक सोही क्षेत्रबाट नेकपा एमालेबाट निर्वाचित भएका रावल पार्टी विभाजन पनि नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।

एमाले हुँदा उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री भएर रावल नेकपा एकीकृत समाजवादीमा लागेपछि प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।