अछाम क्षेत्र नम्बर १ काे प्रदेश सभा (२) मा माओवादी केन्द्रका साउँद विजयी

कैलाली । अछाम क्षेत्र न १ प्रदेश सभा २ मा सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका झपट साउद ३ हजार ९६ मतान्तरले बिजयी भएका छन् ।
माओवादी केन्द्रका साउँदले १२ हजार ११५ मत ल्याई विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण प्रसाद जैसीले ९ हजार १९ मत पाए । साउँदले ३ हजार ९६ मतान्तरले पराजित गरेका हुन् ।

साउँद माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । २०६४ सालको संविधान सभा निर्वाचनमा उनी अछाम क्षेत्र नम्बर १ बाटै भर्खरै निर्वाचिन नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुवँरसँग पराजित भएका थिए ।
जैसी २०५४ सालमा अछामका जिल्ला सभापति हुँदै जिल्ला सभापति राष्ट्रिय महासंघका प्रवक्ता भएका थिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
