राष्ट्रिय निर्वाचन

बर्दिया-२ मा स्वतन्त्र उम्मेदवार चौधरी निर्वाचित

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

बर्दिया । बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरीले २६ हजार पाँच सय २० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का सुरेश पन्थलाई एक सय ३६ मतले पराजित गरेका थिए ।

बिज्ञापन

पन्थले २६ हजार तीन सय ८४मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका पंकजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरेका छन् भने राप्रपाका विनय रावलले १३ हजार दुई सय ९२ मत प्राप्त गरेका छन् । बर्दिया २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियोे । सो मतमध्ये ८६ हजार ८ सय १२ सदर मत भने थियो भने बदर मत पाँच हजार तीन सय ८७ भएको निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।