प्रतिनिधिसभातर्फ ७७ क्षेत्रमा मतगणना सकिँदा एमाले दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ अहिलेसम्म १६५ मध्ये ७७ निर्वाचन क्षेत्रमा मतणना सकिएको छ । तीमध्ये २८ क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ । मत गणना जारी क्षेत्रमा कांग्रेसले २६ क्षेत्रमा अग्रता लिरहेको छ ।
यस्तै, नेकपा एमालेले अहिले मध्यान्हसम्ममा प्रतिनिधिसभातर्फ १६ क्षेत्रमा निर्वाचित भएको भने ३० क्षेत्रमा अग्रता लिएको छ ।
यस्तै, नेकपा माओवादी केन्द्रले ८ क्षेत्रमा प्रनिनिधिसभा सदस्यमा विजयी भएको भने ९ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेको छ ।
अहिलेसम्म नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ ८ क्षेत्रमा विजयी हासिल गरेको छ भने तीन क्षेत्रमा अग्रता लिएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ६, राप्रपाले २, जसपाले १, लोसपाले २ र राष्ट्रिय उन्मुक्ति पार्टीले १ क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ३, जसपा ५ र नागरिक उन्मुक्ति १ क्षेत्रमा अग्रता लिइरहेका छन् ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
