घटना समाचार

भारतीय बाँदरको हुल नेपालतिर छिरेपछि भान्छे महिला रक्ताम्मे

बिज्ञापन

बैतडीमा बाँदरले भान्छा कोठामा पुगेर मानिसमाथि आक्रमण गर्न थालेको छ । पकाइरहेको खाना खोस्न पुगेको बाँदर र भान्छे महिलाबीच भएको घम्साघम्सीमा महिलाको टाउकोमा गहिरो चोट लागेको बताइएको छ ।

बिज्ञापन

दोगडाकेदार गाउँपालिका ४, पिपलकोटकी ५० वर्षीया मीना भट्टलाई बाँदरले घरभित्रै आक्रमण गरेको हो । बाँदरको एक हुलले भान्छामा पसेर खाना खोस्ने र महिलामाथि आक्रमणको प्रयास एकैचोटी गरेको बताइन्छ । 

भट्टको टाउकोमा आधा दर्जन टाँका लगाइएको स्थानीय चौकीले जनाएको छ । उनलाई रेबिजविरुध्दको सुई लगाउन सल्लाह दिइएको छ । भारतले हरिद्वारका हजारौं बाँदरलाई सवारी साधनमा राखेर बैतडीसँगैको महाकाली छेउमा छाडेका कारण गाउँमा आतंक मच्चिएको स्थानीयको आरोप छ ।

बाँदरको अनियन्त्रित र अराजक हुलका कारण गाउँ र बेसीमा खेतीपाती लगाउन छाडिएको छ । बस्ती नै उजाड हुन थालेपछि उनीहरुले सरकार गुहारेका छन् ।

बिज्ञापन