राजनीति

कांग्रेस संसदीय निर्वाचन : सिंहदरबारमा सांसदबाहेक अरूलाई प्रवेश निषेध

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न केही बेरपछि निर्वाचन सुरु हुँदै छ ।

बिज्ञापन

सांसदहरूको परिचयपत्र देखाएर मात्रै भित्र प्रवेश दिइएको छ । यस्तै पत्रकारहरूलाई पनि प्रवेशमा कडाइ गरिएको छ ।

तराई–मधेससहित मुलुकका सबै भागमा चिसो ह्वात्तै बढेका बेला सिंहदरबार परिसरमा भने एकाएक राजनीतिक सरगर्मी बढेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट देशको सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको उम्मेदवारी दर्तासँगै मुलुकको राजनीतिको केन्द्रका रूपमा रहेको सिंहदरबार क्षेत्रमा राजनीतिक चहलपहल बढेको हो ।

नेपालको राजनीतिमा लामो योगदान र पृष्ठभूमि रहेको कांग्रेस संसदीय दलको चुनावका कारण प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणपछि सुनसान रहेको सिंहदरबार परिसर पुसको चिसोमा पनि आइतबारदेखि एकाएक तातेको छ ।

मुलुकको आगामी दिशा मार्ग निर्देश गर्ने भएकाले सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको नेतृत्व छान्नका लागि हुन लागेको यस निर्वाचनलाई मुलुकभित्र र बाहिर सबै क्षेत्रबाट ठूलो चासो तथा कौतुहलतासाथ हेरिएको छ ।

बिज्ञापन