घटना समाचार

किशोरीलाई बन्धक बनाएर यौन दुर्व्यवहार गर्ने चिनियाँ नागरिक पक्राउ

बिज्ञापन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले एक चिनियाँ नागरिक पक्राउ गरेको छ ।

बिज्ञापन

ललितपुर महानगरपालिका–२२ वुङ्गमतीस्थित ‘कोका न्यू प्युरी एण्ड म्याट्रेस कम्पनी’ सञ्चालन गरी बस्दै आएका ४९ वर्षीय चिनियाँ नागरिक याङ ली मिङलाई सिआइबीले पक्राउ गरेको हो ।

उनले फेसबुकबाट चिनजान गरि नाबालिकालाई आर्थिक प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट काठमाडौँ बोलाइ यौन शोषण गर्ने गरेको अनुसन्धानमा खुलेको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।

प्रहरी उपरीक्षक थापाका अनुसार यसरी काठमाडौँ ल्याएका बालिकालाई मिङले सुरुमा विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न गराउने, जिल्लाबाट आउँदा लागेको खर्च र काठमाडौँमा खाने, बस्ने खर्चसमेत उनी आफैँले व्यहोर्ने गरेको पनि खुलेको छ ।

सबै गतिविधिमा संलग्न गराएर नजिक पारेपछि आर्थिक प्रलोभनमा पारी बालिकामाथि यौन शोषण गर्ने गरेको पाइएको प्रहरी उपरीक्षक थापाले बताए । ‘अहिलेसम्म छ नाबालिकामध्ये दुई जनालाई यौन शोषण गरेको खुलेको छ’, उनले भने, ‘अन्यलाई होटलमा लगेर ललाइफकाइ गरी राखिएको पाइएको छ ।’

उनका अनुसार मिङको लोभमा १४ देखि १७ वर्षका बालिका फसेका छन् । झापा, कास्कीलगायत जिल्लाबाट आएका छ बालिकाको उद्धार गरिएको पनि उनले बताए । सिआइबीले मिङमाथि थप कारबाहीका लागि ललिपुर प्रहरीमा बुझाएको छ ।

उनीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले अहिले नाबालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद अनुमति लिई अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

बिज्ञापन