घटना समाचार

महोत्तरीमा एक मजदुरको आगो लगाएर विभत्स हत्या

बिज्ञापन

धनुषा । महोत्तरीको सम्सी गाउँपालिकामा एक मजदुरको निर्ममतापूर्क हत्या गरिएको छ । सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारीको मलद्वारमा पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो ।

बिज्ञापन

अन्सारीको हत्यामा संलग्न रहेको आरोपमा पर्सादेवाडकै ३५ वर्षीय मोहम्मद अब्दुल सलामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए । सलामले अन्सारीलाई यातना दिइरहेको भिडिओ पनि बनाएको प्रहरीले जनाएको छ ।

गएको बुधवार अन्सारीको मलद्वारमा आगो लगाएर उनलाई अचेत अवस्थामा उनकै घर अगाडि फालेर सलाम भागेका थिए । अचेत अवस्थामा रहेका अन्सारीको जानकी हेल्थ केयर जनकपुरधाममा उपचारका क्रममा ज्यान गएको थियो ।

सलामले अन्सारीलाई घरमै काम गर्नका लागि बोलाएको र महिनाको १५ हजार रुपैयाँ पारिश्रमिक दिने सहमति भएको थियो ।

प्रहरीले उनीमाथि ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

बिज्ञापन