राजनीति

राप्रपाले विविध कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने

बिज्ञापन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रम गरी मनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गरेबमोजिम आज पार्टी केन्द्रीय कार्यालयमा पृथ्वी जयन्ती तयारी समितिको बैठक बसेको छ ।

बिज्ञापन

केन्द्रीय सचिवालयद्वारा आयोजित बैठक अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा भएको थियो । बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउने र काठमाडौंमा भृकुटीमण्डपमा भेला भई सिंहदरबार अगाडिको पृथ्वी सालिकमा माल्यार्पण गर्ने र दिउँसो भृकुटीमण्डप परिसरमा चियापान समारोहको आयोजना गर्ने निर्णय गरेको छ।

पृथ्वी जयन्ती समारोहका लागि राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा १ हजार १११ सदस्यीय मूल समिति र विभिन्न ११ उपसमिति गठन गरेको छ।

नेपाली नाम र नेपाली पहिचान दिने राष्ट्र निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सम्मानमा राज्यको तर्फबाट कुनै कमी हुन नहुने भन्दै राप्रपाले हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउँदै आएको छ र उक्त दिन सार्वजनिक बिदा दिन सरकारसँग निरन्तर माग गरिरहेको छ ।

बिज्ञापन