घटना समाचार

बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण

बिज्ञापन

बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।

बिज्ञापन

सोमवार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए । सो हमलामा परेर जेलका १० जना सुरक्षाकर्मी र अरु ४ जना बन्दीको ज्यान गएका हुन् ।

मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले जेलमा केही बन्दुकधारीहरूले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।

जेलका अधिकारीहरूका अनुसार उनीहरू बिहानको समयमा ठूलो संख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए ।

आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल पुर्‍याइएको छ ।

आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरूलाई प्रहरीले खोजी गरेको तर भेटाएको छैन ।

स क्रममा २ जना बन्दुकधारी पनि मारिएका बताइएको छ । जेलका अधिकारीहरूले सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीले हमला गरेका अनुमान गरिएको बताएका छन् ।

अहिले जेलमा थप सुरक्षाकर्मीहरुलाई राखेर सुरक्षा दिइएको बताइएको छ ।

बिज्ञापन