सलमान खानलाई भेट्न साइकलमा ११ सय किमी यात्रा
लोक कल्याणकारी विज्ञापन

काठमाडौं, पुस १९ गते । बलिउड अभिनेता सलमान खानलाई भेट्न एक फ्यानले साइकलमा एक हजार एक सय किलोमिटर यात्रा गरेका छन् । समीर नाम गरेका ती फ्यान जवलपुरबाट साइकलमै मुम्बई पुगेका हुन् ।
मिडिया रिपोर्टका अनुसार समीर आफूलाई बाल्यकालदेखि नै सलमान खानका ठूला फ्यान भएको बताउँछन् । समीर जाडो मौसममा जवलपुरबाट २२ डिसेम्बरमा साइकल चढेर २९ डिसेम्बरमा मुम्बई पुगे ।
बिज्ञापन

सलमानले समीरसँग भेट गरेर तस्बिरसमेत खिचाएका छन् । सलमान खानले हालै आफ्नो ५७ औँ जन्मदिन मनाउनुभयो । यस अवसरमा खानलाई भेट्न उहाँको घरबाहिर हजारौँ फ्यानको भीड थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
