राजनीति

अनुहारै हेर्ने हो भने प्रचण्डलाई समर्थन गरौं- माधव नेपाल

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अनुहार हेरेर मात्र सरकारलाई समर्थन गर्ने हो भने प्रचण्डको अनुहार हेरेर समर्थन तयार रहेको बताएका छन् ।

बिज्ञापन

बुधबार युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारले लिने नीति र कार्यक्रम हरेर मात्र समर्थन गर्न सकिने भन्दै सरकारको नीति तथा कार्यक्रमका आधारमा समर्थन गर्ने या नगर्ने निर्णयमा पुगन सकिने बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने हेर्नै पाएका छैनौं । मान्छेको अनुहार हेरेर समर्थन गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दाखेरी ल समर्थन गरिदिउँ । अनुहारले हेर्दा मात्र समर्थन गरेको कुरा सुन्न मन लागेको भए ल समर्थन गरौँ । तर, अनुहारले मात्रै हुँदैन । नीति तथा कार्यक्रम हेर्नुपर्छ ।’

अध्यक्ष नेपालले सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णयगर्ने समय रहेको र प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्ममा निर्णय लिने समेत बताएका छन् ।

एकीकृत समाजवादीको भर्खरै स्थायी कमिटी र पोलिटब्युरोको बैठक सम्पन्न भएको छ । दुबै कमिटीको बैठकमा बहुमत सदस्यले सरकारमा सहभागी हुनुपर्ने भन्दै अध्यक्ष नेपालमाथि दबाब बढाए थिए । सोही विष्षयलाई लिएर अध्यक्ष नेपालले पार्टीका नेताहरू सत्ता–सत्ता भनेर मरिहत्ते गरेको समेत टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादीको बैठकमा चार दिनसम्म सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल भए पनि सरकार र सरकारमा सहभागी दलले एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि औपचारिक प्रस्ताव भने गरेको छैन ।

बिज्ञापन