Sudur Pradesh News

प्रचण्डको आश्वासन : सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने वातावरण बनाउँछु

बिज्ञापन

२१ पुस, धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् ।

बिज्ञापन

बिहीबार सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरुसँगको भेटमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका हुन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरीले सुदूरपश्चिमको नेतृत्व माओवादीले लिने सहमति भएको बताए । ‘प्रधानमन्त्रीज्यूले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा माओवादीकै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ’, चौधरीले भने ।

प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेशसभा सदस्य ओमबिक्रम भाट लगायतका नेताहरु सिंहदरबार पुगेका थिए ।

बिज्ञापन