Sudur Pradesh News

बझाङमा ८ राजनीतिक पार्टीका उम्मेदवारको धरौटी नै जफत

बिज्ञापन

बझाङ प्रदेश सभा (१) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन्। उनी कांग्रेसलाई हराउँदै विजय भएका हुन्। कांग्रेसपछि सबैभन्दा बढी मत नेकपा माओवादी केन्द्रका उम्मेदवारले प्राप्त गरेका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्र पराजित भए पनि धरौटी जफत भएको छैन्। तर एकीकृत समाजवादीसहित विभिन्न ८ वटा दलबाट उम्मेदवार बनेकाहरुको भने धरौटी नै जफत भएको छ।

बिज्ञापन

शनिबार सम्पन्न बझाङ उपनिर्वाचनमा ११ राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा थिए। उनीहरूमध्ये एमाले निर्वाचित भएको हो। कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ। मतदान गरेका ३० हजार तीन सय २८ जनामध्ये २९ हजार सात सय चार मत सदर भएको थियो।

जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो। एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार पाँच सय १४ मत मात्र पाए। यसैगरी, राप्रपाका किशोरकुमार खड्काले दुई सय ४२ मत ल्याउँदा अन्य उम्मेदवारले ५० मत पनि कटाउन सकेनन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६७ मतले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन्। २०७९ को चुनावमा कांग्रेसले जितेको स्थानमा विजय हासिल गर्दा सुदूरपश्चिम प्रदेश सभामा एमालेलाई एक सिट लाभ भएको छ। सुदूरपश्चिममा एमालेका अब ११ सांसद हुनेछन्। कांग्रेसले भने सिट संख्या गुमाएको छ।

बिज्ञापन