Uncategorizedआस्था /आध्यात्म

पतञ्जली योग समिती टीकापुरको कार्यसमिती विस्तार

बिज्ञापन

जगती कुमारी जैशी

बिज्ञापन

टीकापुर १९ बैशाख पतञ्जली योग समिती, टीकापुरको कार्यसमिती विस्तार गरिएको छ । टीकापुरको समितीपुर पतञ्जली योग साधना केन्द्रमा आयोजना भएको योग शिक्षकहरुको भेलाले कार्यसमितीलाई ७ सदस्यीय बाट विस्तार गरेर ११ सदस्यीय समिति गठन गरेको हो ।


योग प्रशिक्षक छबिलाल जैशीको अध्यक्षतामा रहेको समितीको उपाध्यक्षमा कल्पनादेवि जैशी, महासचिवमा ज्ञानु पोख्रेल पौडेल, सचिवमा मंगला कुमारी थापा र कोषाध्यक्षमा उपेन्द्र प्रसाद खनाल चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा कृष्ण बहादुर बुढा, राजेन्द्र प्रसाद भट्राई, दुर्गा कुमारी पौडेल, गौरी शंकर उपाध्याय, निर्मला शाह र हेमराज अधिकारी रहुनुभएको छ । छबिलाल जैशीको अध्यक्षतामा भएको योग शिक्षक भेला तथा सत्सङ्ग कार्यक्रममा पतञ्जली योग समिती सुदूरपश्चिम प्रदेश सदस्य तारा खरेल प्रमुख अतिथि रहनुभएको थियो भने पतञ्जली योग समिती कैलाली जिल्ला महिला अध्यक्ष शोभा शर्मा ज्ञवाली विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत मन्तव्यद्वारा कोषाध्यक्ष उपेन्द्र प्रसाद खनालले स्वागत गर्नुभएको थियो ।


कार्यक्रममा योग तथा अध्यात्मका विषयवस्तुहरुमा योग प्रशिक्षक कलावती तिमिल्सिनाले आफ्नो प्रस्तुतिकरण दिनुभएको थियो । भजनकृतनका साथ सम्पन्न सत्सङ्गमा भजन गायकहरु शालिग्राम शर्मा, दिपक प्रसाद धिताल लगायतले भजन संगित प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा पतञ्जली योग नगर समिती टीकापुरका पूर्व अध्यक्ष मुक्तिनाथ रेग्मी, जिल्ला मन्त्रि सर्वनन्द चपाई, जिल्ला सदस्य पुष्पराज उपाध्याय, समाजसेवी लालबहादुर सावद, पूर्व जिल्ला महिला महामन्त्रि मिना शाही, समाजसेवी नैनसिंह ठकुल्ला, कल्पना जैशी लगायतले छलफलमा आफ्ना धारणा राख्नुभएको थियो । भेलाबाट ५ सदस्यीय सल्लाहकार समिती समेत गठन गरिएको छ । सल्लाहकारहरुमा लालबहादुर सावद, तुलसीराम सुवेदी, राजेन्द्र प्रसाद पोख्रेल, नैनसिंह ठकुल्ला र कलावती तिमिल्सिना रहनुभएको छ ।

महासचिव ज्ञानु पोख्रेल पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अध्यक्ष जैशीले टीकापुरलाई योग नगरीको रुपमा पहिचान दिलाउनेगरी सबैले स्वस्फुर्त रुपमा काम गरिरहेकोमा धन्यवाद दिँदै आगामी दिनमा योगलाई टीकापुर नगरपालिकाको सबै क्षेत्रमा विस्तार गर्नेगरी कार्ययोजनाका साथ अगाडी बढ्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

बिज्ञापन