घटना समाचार

सन्दीप लामिछानेको सुनुवाइ स्थगित

बिज्ञापन

काठमाडौं, पुस २१ गते । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथिको सुनुवाइ स्थगित भएको छ ।

बिज्ञापन

बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलासमा लामिछानेले दिएको पुनरावेदनमाथिको सुनुवाइ तोकिएको थियो ।

तर निवेदक लामिछानेको कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको उच्च अदालत पाटनका शाखा अधिकृत एवम् सूचना अधिकारी दिनेश पौडेलले जानकारी दिनुभयो ।

यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानुन व्यवसायीले स्थगित गर्नुभएको थियो भने दोस्रोमा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियो । सन्दीपले दिएको पुनरावेदनमाथि पुस २८ गते सुनुवाइ हुनेछ ।

बिज्ञापन