राष्ट्रिय समाचार

मन्त्रालय भागबन्डामा जुट्यो सहमति, कसलाई कति ?

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागबन्डा लगभग टुंगिएको छ ।

बिज्ञापन

यो सँगै एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ । 

राप्रपाले  ऊर्जासहित २ र जनता समाजवादी पार्टीले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीलाई एक/एक मन्त्रालय छुट्याइएको छ ।

बिज्ञापन