Sudur Pradesh News

धनगढीबाट होटल सञ्चालक महिला पक्राउ

बिज्ञापन

धनगढीः धनगढीबाट होटल सञ्चालक महिला पक्राउ परेकी छिन्।

बिज्ञापन

धनगढीको इन्द्रेणी होटलकी सञ्चालक राधिकादेवी विष्टलाई प्रहरीले पक्राउ गरेको हो। २०६३ सालमा जिल्ला अदालतले विष्टलाई कुटपिट मुद्दामा एक महिना कैद र ६ सय रुपैयाँ जरिवाना सुनाएको थियो। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको प्रहरी टोलीले बिहीवार दिउँसो ४० वर्षीया विष्टलाई पक्राउ गरेको हो। उनी धनगढी उपमहानगरपालिका-४ की स्थानीय हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउँदले कुटपिट मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेर एक महिना कैद सजाय सुनाइएकी विष्टलाई पक्राउ गरिएको बताए। उनी प्रहरीको फरार प्रतिवादीको सूचीमा रहेकी थिइन्।

बिज्ञापन