राजनीति

पुस १० गतेको गल्ती सच्चियो : गगन थापा

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुष १० गते भएको गल्ती सच्चाइएको बताएका छन् । 

बिज्ञापन

आज ९मंगलबार० काठमडौंमा काठमाडौं क्षेत्र नम्बर– ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले निर्वाचन अघिको गठबन्धन भत्काएर पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइएको बताएका हुन् । 

निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताकाबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई ब्युँताउनु सफल भएको उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नबन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको दाबी गरे । थापाले अब गठबन्धनलाई बलियो बनाएर सरकारलाई सफल बनाउनुपर्ने बताए । 

उनले जनतालाई कामले परिणाम दिन नसके फेरि अफ्ठ्यारो अवस्था आउने भएकाले झ्याल ढोका बन्द गरेर काममा लाग्नुपर्नेमा जोड दिए । 

बिज्ञापन