राजनीति

आरजु र मञ्जुबारे कांग्रेसले भन्यो- मिडिया ट्रायल भयो, अडियो नक्कली हो

बिज्ञापन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा र नेता बालकृष्ण खाणकी पत्नी मञ्जुलाई शरणार्थी प्रकरणमा मुछिएकोमा कांग्रेसले आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले नेतृद्वयमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए ।

बिज्ञापन

आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतलाई पार्टी केन्द्रीय सदस्य र सांसदसमेत रहेकी मञ्जु खाणको अवस्था के हो ? भनी सोधिएको थियो । त्यसमा महतले कडा जवाफ दिए ।

उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ ।’

आरजु र मञ्जुको बारेमा बोलिएको अडियो नक्कली भएको महतले दाबी गरे ।

उनले भने, ‘यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन । यसमा कांग्रेसको गम्भीर ध्यानाकर्र्षण भएको छ । आरजु आफैंले साइबर ब्युरोमा नक्कली हो भनेर निवेदन दिनुभएको छ । छानबिन होस् भन्नुभएको छ । पहिल्यै यस्तो उस्तो भनेर सामाजिक सञ्जाल लगायत मिडियामा दोषीजसरी प्रस्तुत गनु राम्रो कुरा भएन । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई पूरा विश्वास छ । अडियो प्रकरण झूटो र नक्कली हो ।’

बिज्ञापन