अर्थटीकापुर

जनकल्याणमा अंकुर सहकारीको अवलोकन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ०२ फागुन
कैलालीको टीकापुरमा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको अंकुर बचत तथा ऋण सहकारी संस्थाले अवलोकन भ्रमण गरेको छ ।
सुदूरपश्चिम प्रदेशको उत्कृष्ट बचत तथा ऋण सहकारी पुरस्कार प्राप्त गरिसकेको संस्थाले गरिरहेका असल अभ्यासहरुको अनुशरण गर्ने उदेश्यले लुम्बीनी प्रदेशको रुपन्देहीबाट आफुहरु टीकापुर स्थित जनकल्याण साकोसमा आएको अंकुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो ।


जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका संचालक समिती सदस्य दुर्गा कुमारी रोकायाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्य अंकुर साकोसका अध्यक्ष श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।

बिज्ञापन

कार्यक्रममा अंकुर सहकारीका लेखा परिक्षक लक्ष्मण पौडेल, सल्लाहकार विजय गोविन्द श्रेष्ठ, राजु नारायण श्रेष्ठ, विजय गोविन्द श्रेष्ठ, उपाध्यक्ष कल्पना श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जनकल्याण साकोसका व्यवस्थापक छबिलाल जैशीले संस्थाको स्थापनादेखि हालसम्मको प्रगति विवरण सहित सहजिकरण गर्नुभएको थियो । जनकल्याण सहकारीमा विभिन्न समयमा अन्य क्षेत्रका सहकारी संस्थाहरुले अवलोकन भ्रमण सहित अन्तरक्रिया तथा असल अभ्यासको लागि सिकाई आदान प्रदान गर्दै आएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।