राजनीति

रवि, स्वर्णिम र रमेशले आज पत्रकार सम्मेलन गर्दै

बिज्ञापन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) आगामी वैशाख १० गते हुने उपनिर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।

बिज्ञापन

रास्वपाका चितवन-२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ ।

स्वर्णिम वाग्ले नेपाली कांग्रेस पार्टी परित्याग गरी बिहिबार रास्वपामा प्रवेश गरेका हुन् । त्यस्तै पूर्वडीआईजी रमेश खरेल पनि बिहिबार नै सो पार्टीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेसंगै बैशाख १० गते हुने उपनिर्वाचनमा लाकिछानेले चितवन-२, वाग्लेले तनहुँ-१ र खरेलले बारा २ मा उम्मेदवारी दिने लगभग पक्का भएको छ । आजको पत्रकार सम्मेलनबाट सोही जानकारी दिन लागेका हुन् ।

बिज्ञापन