राष्ट्रिय समाचार

रविविरुद्धकाे उजुरी खारेज, चितवन-२ मा कायम भयो लामिछानेको उम्मेदवारी

बिज्ञापन

हेटौँडा । चितवन क्षेत्र नम्बर-२ का उम्मेदवार रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेविरुद्ध परेका तीन वटा उजुरीमा दावी नपुगेको निष्कर्ष निकाल्दै मुख्य निर्वाचन अकिकृतको कार्यालयले उनको उम्मेदवारी कायम राख्ने निर्णय गरेको हो ।

बिज्ञापन

दुई स्वतन्त्रसहित ४ जना उम्मेदवारले हिजो रविविरुद्ध दावीविरोध गर्दै उजुरी दिएकोमा उनिहरुको उजुरीमध्ये राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरि सुवेदीलेको उजुरीमा लामिछानेको उम्मेदवारी खारेजी गर्न दावी नपुगेको भन्दै उजुरी खारेज गरेको साहायक निर्वाचन अधिकृत इश्वर आचार्यले बताए ।

उजुरी दिएको मध्य युवराज पौडेल ‘सफल’ले दिएको उजुरीमा निर्वाचन आयोगले नै निर्णय गर्ने भएको छ । त्यसका लागि आयोगले रवि लामिछानेलाई ७ दिन भित्रमा जवाफ पेश गर्न पत्र पठाएको छ । उक्त पत्र आजै लामिछानेलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको छ ।

बिज्ञापन