राजनीति

धर्मका नाममा भारतबाट पैसा खाएको प्रतिवेदनप्रति राप्रपाको आपत्ति, अमेरिकालाई पठायो पत्र

बिज्ञापन

काठमाडौँँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले धर्मका नाममा भारतबाट पैसा खाएको अमेरिकी प्रतिवेदनप्रति आपत्ति जनाएको छ ।

बिज्ञापन

नेपालस्थित अमेरिकी राजदूतावासलाई पत्र पठाउँदै राप्रपाले आज आपत्ति जनाएको हो । 

अमेरिकाले हालै एक प्रतिवेदन सार्वजनिक गर्दै हिन्दूराष्ट्रकोृ मुद्दा उठाउन सत्तारुढ भारतीय जनता पार्टी (भारपा) र अन्य धार्मिक संस्थाले नेपालका नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको थियो । अमेरिकाको उक्त ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’प्रति राप्रपाले असहमति जनाएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकाले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डिन आर थम्प्सनलाई आज पत्र लेखेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयको सो प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको पनि अध्यक्ष लिङदेनले जनाएका छन् । 

आफ्नै स्वदेशी बलमा आफूहरूले हिन्दूराष्ट्रको मुद्दा उठाइरहेको स्पष्ट पारेका छन् ।

बिज्ञापन