अर्थ

सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने

बिज्ञापन

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने उद्घोष गरेका छन् ।

बिज्ञापन

बुधबार सिंहदरबारमा सुनचाँदी व्यवसायीसँगको भेटमा अर्थमन्त्री महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावको चरणबद्ध रूपमा विरोध गर्दै आएका व्यवसायीले अर्थमन्त्री महतसँग भेटेर सो कर फिर्ता गर्न माग गरेका थिए ।

‘हामीले हिरा जवहारात, पत्थर जस्ता महँगा सामानमा सुनचाँदी जडित गहनामा २ प्रतिशत विलासिता कर लगाउने भनेका हौँ, यस्ता वस्तुहरू जडान नगरिएका सुनचाँदीका गरगहनामा यस्तो कर लगाइँदैन,’ अर्थमन्त्रीले भने ।

सुनका गरगहना हुने खाने देखि हुँदा खानेसम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रस्ट पारे ।

भेटमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घको संयुक्त टोलीको सहभागिता थियो ।

बिज्ञापन