राजनीति

सरकार छाड्छौ तर सत्ताकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिँदैनौं : प्रधानमन्त्री

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारी जोगाउन कुनै सम्झौता नगर्ने बताएका छन् ।

बिज्ञापन

बुधबार बिहान प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीसँग भेट गर्दै उनले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘हामी सत्ता स्वार्थकै लागि भ्रष्टाचारीलाई उन्मुक्ति दिने पक्षमा छैनौं । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नांगिदैँ गएको बताए ।

बिज्ञापन