राजनीति

पार्टी रूपान्तरण र पुनर्गठनको योजना छ : नारायणकाजी श्रेष्ठ

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई रूपान्तरण र पुनर्गठनको आवश्यकता औँल्याएका छन् ।

बिज्ञापन

पूर्व शिक्षामन्त्री धनीराम (डिआर) पौडेलको चौथो स्मृति दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उपप्रधान मन्त्री तथा गृहमन्त्री श्रेष्ठले अब पार्टी पुनर्निर्माणको योजनालाई अगाडि बढाउनुको विकल्प नभएको बताए ।

सरकार सफल नबनाई पार्टी सफल हुन नसक्ने उल्लेख गर्दै उनले सरकारको कामसँग पार्टीलाई जोडेर पार्टी पुन निर्माणको काम पनि अगाडि बढाउनुपर्ने बताए ।

पार्टीका कमिटीहरूलाई ग्रास रुटसम्म पुगेर सुझाव संकलन गर्न निर्देशन भइसकेको बताउँदै उनले केही समयपछि बस्ने केन्द्रीय कमिटी बैठकमा सो बारे छलफल हुने बताए ।

उनले भने, ‘पार्टी रूपान्तरण र पुनर्गठनको योजनामा छलफल केन्द्रीय समितिमा हुन्छ । पार्टी निर्माणमा को रिसाउँछ को खुसाउँछ भनेर हेरिन्न अब । सरकारमा अहिले भ्रष्टाचारको प्रभाकारी नियन्त्रणमा को पर्छ भनेर हेरेका छैनौँ । त्यसरी नै पार्टी निर्माणका लागि अगाडि बढ्ने छलफल भइरहेको छ ।’

पार्टी नेतृत्व पङ्क्तिले समीक्षा र आत्म समीक्षा गर्दै अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको श्रेष्ठको भनाई छ ।

बिज्ञापन