राष्ट्रिय समाचार

आन्तरिक हवाई भाडादर घट्यो

बिज्ञापन

काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवाहरूलाई बुधबारदेखि लागू हुनेगरी भाडादर घटाउन निर्देशन दिएको हो ।

बिज्ञापन

भाडादर घटाएसँगै काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँले घटेको छ । नयाँ भाडादरअनुसार यो गन्तव्यका लागि ४ हजार ५०५ रूपैयाँ तोकिएको छ । यस्तै, नयाँ भाडादर काठमाडौं–विराटनगर ३ हजार ६०० रूपैयाँ, काठमाडौं–जनकपुर एक हजार ९३० रूपैयाँ, काठमाडौं–भरतपुर १ हजार ६०५ रूपैयाँ, काठमाडौं–पोखरा २ हजार ३८० रूपैयाँ कायम भएको छ ।

यस्तै, काठमाडौं–भैरहवाको नयाँ भाडादर तीन हजार ८५ रूपैयाँ तोकिएको छ । उक्त रूटको भाडादर हालको भन्दा ३२५ रूपैयाँले घटाइएको हो ।

यस्तै, काठमाडौं–नेपालगञ्जको भाडादर चार हजार ८९० रूपैयाँ, काठमाडौं–धनगढीको ६ हजार ६२५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको २ हजार ७६५ रूपैयाँ, काठमाडौं–सिमराको एक हजार ३५० रूपैयाँ, काठमाडौं–सुर्खेत ५ हजार १८५ रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर एक हजार ६६५ रूपैयाँ तोकिएको छ ।

बिज्ञापन