राजनीति

विवेकशील साझाले सार्वजनिक गर्‍याे ऐतिहासिक नेपालको सांस्कृतिक नक्सा

बिज्ञापन

काठमाडौं । विवेकशील साझा पार्टीले ऐतिहासिक नेपालको गौरवमय सांस्कृतिक नक्सा (मानचित्र) सार्वजनिक गरेको छ ।

बिज्ञापन

एसियाको प्राचीन राष्ट्र नेपालको सुगौली सन्धि अगाडिको भूभाग र वर्तमान भूभागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक धरोहरहरुलाई समेटेर निर्माण गरिएको नक्सामा सगरमाथादेखि बौद्ध स्तुपासम्म, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्विक महत्वका सम्पदा समेटिएका छन् ।

गौरवमय इतिहासमा ‘मानसरोवरदेखि गंगा मैदानसम्म’का धरोहरलाई नक्सांकन गरिएको छ । धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्विक सम्पदालाई झल्काइएको छ ।

अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावनालाई आत्मसात गराई धरातलीय यथार्थ बुझाउने उद्देश्यले नक्सा सार्वजनिक गरिएको विवेकशील साझाले जनाएको छ ।

हालै भारतले आफ्नो नयाँ संसद भवनमा कपिलवस्तु, लुम्बिनी जस्ता नेपालका ऐतिहासिक भूभागलाई समेत राखेर बनाइएको ‘अखण्ड भारत’को नयाँ नक्साप्रति सरकारले औपचारिक खण्डन नगरेको र कूटनीतिक नोटसमेत पठाएको छैन ।

यसै सन्दर्भमा विवेकशील साझाले सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेको स्पष्ट पारेको छ ।

पार्टीले भारत अतिक्रमित नेपालको भूमि लिपुलेक–लिम्पियाधुरा–कालापानी र अतिक्रमित अन्य सम्पूर्ण भूभाग भारतले छोड्नुपर्ने अडान राख्दै आएको छ ।

बिज्ञापन