लमजुङमा झाडापखालाले ६ वर्षका बालकको मृत्यु
लोक कल्याणकारी विज्ञापन

लमजुङ– झाडापखालाले लमजुङमा एक बालकको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नं. २ घनपोखरा भाचे भदौरेका ६ वर्षका सन्दीप परियारको झाडापखालाबाट मृत्यु भएको हो ।
बालकलाई सोमबारदेखि झाडापखाला लागेको आमा सीमा बिकले जानकारी दिइन् । बिरामी बालकलाई मंगलबार बिहान उपचारका लागि खुदी स्वास्थ्य चौकी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताइन् ।
बिज्ञापन

‘बाबु हिजोदेखि झाडापखालाले बिरामी थियो । घरमा जीवनजल थिएन, खुवाउन पाइएन,’ उनले भनिन्, ‘बिहान औषधि गर्न ल्याउँदा–ल्याउँदै काखैमा बित्यो ।’
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
