राजनीति

माओवादीको प्रष्टीकरण- प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैन

बिज्ञापन

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन् ।

बिज्ञापन

सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीले सदनमा जवाफ दिने बताए । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा आउनुपर्ने अडान राखेको छ ।

उनले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना पनि गर्न सकिँदैन । उहाँले के भन्नुभएको भन्नेबारे संसदमा आफ्नो विषयवस्तु राख्नुहुन्छ । त्यो उहाँले धेरै वर्षको कुरा गर्नुभएको हो । अहिले त्यसलाई अघि बढाउन मिल्दैन ।’

मिटरव्याजपीडित र भ्रष्टाचारविरुद्ध सरकार उभिएपछि एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको आरोप लगाए । प्रधानमन्त्रीले सदनमा आफ्नो कुरा नराखी सदन अवरोध गर्नु ठीक नभएको बताए ।

बिज्ञापन